मो.इन्तेखाब आलम जनकपुरधाम । मूख्य मंन्त्री बेटी पढाउ बेटी बचाव अभियान अन्तर्गत निःशुल्क लोक सेवा त्यारी कक्षा सोमवार एक कार्यक्रम गरि धनुषाको श्री याज्ञवलक्य संस्कृत मा.वि.ज्ञानकुप जनकपुरमा समपन्न भएको छ । मूख्य मंन्त्री बेटी पढाउ बेटी बचाव अभियान अन्र्तगत निःशुल्क लोग सेवा त्यारी कक्षा मधेश प्रदेशका आठ वटै जिल्लामा संचालित रहदै आएका थिए । मधेश प्रदेशका आठ वटै जिल्ला भरि जम्मा ४ सय अस्सी छात्राहरु निःशुल्क लोग सेवा त्यारी कक्षामा सहभागी भएकी थिइन ।
शिक्षा विकास निर्देशालय र मधेश प्रदेशको सहयोगमा स्कील डिभलोपमेन्ट इ.प्रा.लिं द्धारा संचालित लोक सेवा त्यारी कक्षामा धनुषा जिल्ला भरिका ६० जना छात्राहरु लोक सेवा त्यारी कक्षामा सहभागी भएकी थिइन । लोक सेवा त्यारी कक्षामा छुटा छुटै कक्षा संचालन गरी प्रशिक्षन दिइएको स्कील डिभलोपमेन्ट इ.प्रा.लि का सहजकर्ता सुमित कुमार ठाकुरले बताए । धनुषाबाट सुब्बा पदका लागी ३० र खरिदार पदका लागी ३० जम्मा ६० जना छात्राहरु सो लोक सेवा त्यारी कक्षामा अध्ययन गरदै आएकी स्कील डिभलोपमेन्ट इ.प्रा.लि सहजकर्ता सुमित कुमार ठाकुरले बताए ।
स्कील डिभलोपमेन्ट इ.प्रा.लि का सहजकर्ता सुमित कुमार ठाकुरले भने २०७९ जेष्ट १९ गते देखि शुरु भइ २०७९ असार १९ गते (३० दिन) सम्मका लगी सो समइmौता भएको थियो । संस्थाले आफनो तर्फ बाट थप ८ दिन बढी कक्षा संचालन गरी सोमवार सो लोक सेवा त्यारी कक्षा समपन्न भएको स्कील डिभलोपमेन्ट इ.प्रा.लि का सहजकर्ता सुमित कुमार ठाकुरले बताए । लोक सेवा त्यारी कक्षाका लागी प्रशिक्षक शशि कुमार यादव, बाल मुकुन्द शर्मा र अशोक अधिकारलाई लाई चयन गरिएको थियो ।
लोक सेवा त्यारी कक्षमा अध्ययन गर्न आएकी सबै छात्राहरुले राम्रो मेहिनत गरिएकीले उनीहरु लोक सेवामा नाउँ निकाल सफल हुने प्रशिक्षकहरुले विश्वास व्यक्त गरेका छन । मूख्य मंन्त्री बेटी पढाउ बेटी बचाव अभियान अन्तर्गत मधेश प्रदेशका आठ वटै जिल्लाको सदरमोकामहरुमा सो लोक सेवा त्यारी कक्षा संचालन भएका थिए ।
धनुषाको श्री याज्ञवलक्य संस्कृत मा.वि.ज्ञानकुप जनकपुर ,सप्तरीको श्री राजदेवी ठाको देवी जोगेन्द्र भगत मा.वि.राजविराज, सिरहाको श्री सिदार्थ शिशु निकेतन ई.बो.स्कूल सिरहा, मोहतरीको श्री विणा विदया मन्दिर से.बो.स्कूल, सर्लाहीको श्री पब्लिक मा.वि.मलंगवा, रौतहटको श्री गौरी शंकर यादव क्याम्पस, बाराको श्री पन्ना देवी कन्या मा.वि कलैया र पर्सा जिल्लाको विरगंजमा श्री सुन्दरमल रामकुमार कन्या मा.वि.सो लोक सेवा त्यारी रहदै आएको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech