पोशाक र पुस्तक खरिदमा सिण्डिकेट

जनकपुरधाम । जनकपुरका ख्याती कमाएका बोर्डिङ स्कुल मोनाष्टिकमा मंगलबार एक बालिकालाई घाम खडा गरेर यातना दिएको छ । पोशाक नलगाएको कक्षा १ की बालिकालाई मंगलबार चर्को घाममा खडा गरेर यातना दिएको छ । सुनिल नामको शिक्षकले ती बालिकालाई पोशाक नलगाएको निहुँमा चर्को घाममा खडा गरेका थिए । जनकपुरकी परिचित परिवारकी ती बालिका घाममा काम्न थालेपछि उनलाई छहारीमा ल्याएको थियो । जनकपुरधाम उपमहानगरपालिकाकी कक्षा १ की पाँच वर्षीया बालिकालाई मंगलबार ११ बजेतिर चर्को घाममा खडा गरेर यातना दिएको जानकारी पाएपछि अभिभावक विद्यालय पुगेका थिए । विद्यालय पुगेका अभिभावकलाई ती बालिका घर फर्केर आप्mनो बुवा आमालाई सुनाएपछि यातना बाहिरिएको थियो ।

विद्यालयका निर्देशक सोनु साहले घटनालाई सामान्य बताएर साम्य पार्न खोजेका छन् ।

मंगलबार असार महिनाकै चर्को घाम र गर्मी महशुस गरिएको छ । गर्मीका कारण बजारमा मंगलबार चहलपहल समेत घटेको देखियो । यस्तो घाममा बालिकालाई खडा गरेपछि अभिभावक आक्रोसित बनेका छन् । प्रहरीलाई खबर गरेर पक्राउ गर्न लगाउने अभिभावकले चेतावनी दिएका थिए । बालिकालाई यातना दिएको शिक्षक केही दिन अघि मात्र विद्यालयमा आएका छन् । उनले प्रिन्सिपलको निर्देशनलाई पालना गर्दै बालिकालाई चर्को घाममा खडा गरेका थिए ।

बालबालिकासम्बन्धी ऐन २०७५ मा ‘बालबालिकालाई कुटपिट गर्ने, तर्साउने, भयको वातावरणमा राख्ने र बालबालिकाको विकासमा अवरोध पु¥याउनु हुँदैन’ भनिएको छ ।

नेपालको संविधानको धारा ३९ को उपधारा १० मा कानुन विपरित कुनै पनि बालबालिकालाई र्दुव्यवहार, उपेक्षा, शारिरीक, मानसिक, यौनजन्य वा कुनै प्रकारका शोषण यातना दिइएको पाइएमा कानुन बमोजिक दण्डनीय मानिएको छ ।

उनको अमानवीय रबैयाप्रति आक्रोसित अभिभावकले तत्काल शिक्षकमाथि कारबाही नगरे आपूm कानूनी उपचारमा जाने चेतावनी दिएका छन् ।

विद्यालय व्यवस्थापनले पैसा कमाउनको लागि बालबालिकासित खेलवाड गरेको आरोप लगाए । यस्तो गर्मीमा पनि मोनाष्किट स्कुलले बालबालिकालाई कोचेर पढाउँदै आएको छ । जनकपुरधाममा सबैभन्दा बढी विद्यार्थी रहेको मोनाष्टिकले अघिल्लो समय गुणस्तरीय भन्दा विद्यार्थीको संख्यालाई ध्यान दिदा बालबालिकाले दैनिक यातना भोग्नु परेको हो । बालबालिकालाई यातना दिने घटना दैनिक हुने गरेपनि बाहिरिने भने कम गरेको एक जना शिक्षकले बताए ।

बालबालिकालाई यातना दिने विद्यालयका संचालकलाई कानूनी कारबाही हुन सक्ने लामो समयदेखि बाल अधिकारको क्षेत्रमा कार्यरत्त संजिव महतोले बताए ।

बालिकाका अभिभावकले महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालय, जिल्ला प्रहरी कार्यालय लगायत महिला अधिकारको क्षेत्रमा कार्यरत्त संघसंस्थामा समेत उजुरी दिएर संचालकलाई कानूनी दायरामा ल्याउन सकिने महतोले बताए ।

विदेशिएका अभिभावकको बालबालिका विद्यालयमा रहेकाले उनीहरुलाई यातना दिएपनि कोही सुन्ने बाला नै हुँदैन् ।

गर्मीमा बालबालिकालाई पोशाकमा विद्यालय जान असहज हुने गरेको छ । तर, पनि विद्यालय व्यवस्थापकले पोशाक, जुत्ता लगायतको आपूmले बनाएको नियमलाई पालना गराउन लगाएको छ ।

कक्षाकोठामा पंखाको समेत उचित व्यवस्थापन गर्न नसकेको मोनाष्टिक स्कुलले पोशाक, पुस्तक व्यवस्थापनमा कडाई गर्दै आएको छ ।

पोशाक र पुस्तक पसल विद्यायलका संचालकले आपैm खोलेको छ । भानुचोकस्थित मोनाष्टिकको अगाडिमै पोशाक पसल छ भने छेउमा पुस्तक पसल पनि विद्यालयका निर्देशक साहले चलाएका छन् । उनको पसलबाट पोशाक र पुस्तक खरिद गर्नुपर्ने अभिभावकको बाध्यता छ ।

भानुचोक र मिल्सएरिया गरी दुई स्थानमा आप्mनै विशाल भवनमा मोनाष्टिकले कक्षा संचालन गर्दै आएको छ ।

मोनाष्टिकका निर्देशक साहले शिक्षकहरुलाई पोशाक, पुस्तक नभएको बालबालिकालाई यातना दिन निर्देशन दिएका हुन् । उनले आपैm संचालनमा ल्याएको पोशाक र पुस्तक पसलबाटै हजारौको संख्यामा रहेका विद्यार्थीलाई पोशाक र पुस्तक खरिद गर्न लगाएका छन् । अहिले उनको पसलमा पोशाकको अभाव छ । पोशाक नहुँदा खरिद गर्न नसकिएको बालिकाका अभिभावकले सुनाए । आपैmले संचालन गरेको पसलमा पोशाक नहुँदा खरिद गर्न नसकिएको हो, अभिभावकले भने–पोशाक नलगाएको निहुँमा मेरो छोरीलाई चर्को घाममा खडा गराएका छन् । अघिल्लो समय सरोकारबालाहरु निष्क्रिय भएपछि नीजि स्कुलले मनोमानी गर्दै आएका छन् । सरकारले तोकेको मापदण्डको समेत पालना नगरी बेरोकटोक नीजि विद्यालयका संचालकले अभिभावकमाथि आर्थिक भार थप्दै आएका छन् ।

सम्बन्धित खवर