सर्लाही । सर्लाही जिल्लामा किराना पसलबाट कटुवा पेस्तोलसहित प्रहरीले एकजनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको हरिवन नगरपालिका ११ का ४३ वर्षीय छोटेलाल दास रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मंगलबार विहान करिब ११ बजे दासले हरिवन ११ स्थितमा संचालन गर्दै आएको सुनिता किराना पसलबाट बिशेष सुराकिको आधारमा लुकाई छिपाई राखेको एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली एक राउण्ड बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

दासलाई पेस्तोलसहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित खवर