जनकपुरधाम । धनुषा प्रहरीले श्रोत नखुलेको ८३ लाख ६४ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको जनकनन्दनी गाँउपालिका–५ उदाह बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेका छन् । उनीहरुको साथबाट श्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं. ८ गणले जनाएको छ ।

मंंगलबार दिउँसो जनकनन्दनी १ ईनर्वा चेक प्वाईन्टको सीमा ईलाकामा आलुको बोरामा ल्याउदै गरेको रुपैयाँ बरामद गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालको कमाण्डमा खटेको टोलीले भारतबाट ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरा राखेर आइरहेकामा शंकाको आधारमा चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको हो ।

सम्बन्धित खवर