जनकपुरधाम । धनुषाको औरही गाउँपालिकाका प्रअ मदन महरालाई र्दुव्यवहार भएको विरोधमा संयुक्त दलित संघर्ष समितिले मंगलबार विरोध प्रदर्शन गरेको छ । जनकपुरको स्टेशनबाट सुरु भएको विरोध प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । जनकपुरधामको रेल्वे स्टेशन बाट शुरु भएको प्रदर्शन भानु चौक, कदम चौक, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय हुदैँ जनक चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभामा दलितका अगुवाहरुले पीडितलाई न्याय दिई घटनाका आरोपित सुजित यादव र रामनाथ यादवलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । औरही गाउँपालिका झिटकैयास्थित श्री राम जानकी माध्यमिक विद्यालयका प्रअ मदन महरालाई कालोमोसो दलेर दुव्र्यवहार गरेको विरोधमा दलित अगुवाहरु मोर्चाबन्दी गरेर विरोधमा उत्रेका हुन् ।

उनीहरुले घटनामा संलग्नलालाई कारवाही नहुन्जेल सम्म आफुहरुले विरोध जारि राख्ने चेतावनी दिएका छन । उनीहरुले प्रधानाध्यापकलाई दलित सम्झेर नै हेप्न खोज्ने मनशायले नै घटना भएको बताएका छन् । गैर अभिभावक रामनाथ यादव र सुजित यादवले प्रधानाध्यापक महरा माथि कालोमोसो दलेपछि दलित समुदाय आन्दोलित बनेका छन् ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग