जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालको केन्द्रीय समितिको बैठक एक दिन अघि सारिएको छ । जसपा केन्द्रीय समितिको बैठक असार २९ र ३० गते वीरगंजमा हुने भएको छ ।

यसअघि बैठक असार २८ र २९ गतेको लागि तोकिएको थियो ।

इस्लाम धर्मावलम्बीहरुको बकर इद पर्वको मध्यनजर गरेर केन्द्रीय समितिको बैठक एक दिन अघि सारिएको जसपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले मंगलबार एक विज्ञप्ति जारी गरेर पार्टीको केन्द्रीय समितिको बैठक असार २९ र ३० गते वीरगंजमा बिहान ११ बजेदेखि सुरु हुने बताएका छन् ।

सम्बन्धित खवर