जनकपुरधाम । मानव स्वास्थ्यका लागि जडिबुटीको महत्व विषयमा जनचेतना कार्यक्रम शहीदनगर नगरपालिकाको कुम्भकर्णस्थित श्री जनता निम्न माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

वनस्पति अनुसन्धान केन्द्र धनुषाले आयोजना गरेको कार्यक्रममा कार्यक्रम प्रस्तोता स्वच्छता अभियन्ता रवि गोयन्का र वनस्पति अनुसन्धान केन्द्र धनुषाका प्रमुख ताहिर हुसेनले बालबालिकाहरुलाई जडिबुटी को महत्व विषयमा विस्तारमा जानकारी गराएका छन् ।

विधालयका प्रधानाध्यापक मोहन यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद रामअशिष यादव, नगर प्रमुख दिनेश प्रसाद यादव र वनस्पति अनुसन्धानका कर्मचारी भरोसी यादव सहितका वक्ताहरुले जडिबुटीको महत्व विषयमा विचार व्यक्त गरेका थिए ।

सो कार्यक्रममा बालबालिकाहरुलाई स्टेशनरी र जडिबुटीको बिरुवा वितरण गरिएको थियो ।

सम्बन्धित खवर