वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रदेश प्रहरी कार्यालय जनकपुरवाट खटिएको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–२८ बगहीबाट ९० किलो गाँजा बरामद गरेको छ ।

बगहीको बाटो हुँदै लागु औषध गाँजा ओसार पसार कार्य भैरहेको भन्ने प्राप्त सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रदेश प्रहरी कार्यालय जनकपुरवाट खटिएको संयुक्त टोलीले वडा नम्बर २८ बगही गेट नजिक UP7oBK9955 नम्बरको इन्डिगो मेन्जर कारलाई रोकी जाँच गर्दा उक्त कारको डिकी र सिटमुनी लुकाइ छिपाइ राखेको अवस्थामा ९० किलो गाँजा फेला परेको हो ।

९० किलो गाँजा र इन्डिगो मेन्जर कारमा सवार भारत यूपी.जि.मउ कमलसागर गोपालपुर निस्फी ३० वर्षिय रविकान्त भारती र भारत विहार जिल्ला बेतीया पश्चिम चम्पारण डाकघर तेलुवा वडा नम्बर १० का २८ वर्षिय सुनिल भारतीलाई पक्राउ गरि लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सम्बन्धित खवर