बारा । बारा प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर १ बस्ने २९ वर्षीय अनिल मुखिया र २५ वर्षीय गुरु मुखियालाई पक्राउ गरेको हो ।

उनीहरुलाई बेलुका समयमा सिम्रौनगढ वडा नम्बर १ स्थित नम्सगराढाठ पोखरीको डिलमा अनिल, गुहुलगायतका केही व्यक्तिले हतियार देखाई धम्की दिइरहेको छ भन्ने सूचना प्रहरीकोमा आएको थियो ।

सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको टोलीले घेरा हालेर उनीहरुलाई पक्राउ गरेको हो ।

सम्बन्धित खवर