जनकपुरधाम । एउटै मितिमा जनता समाजवादी पार्टी (जसपा) को दुवै पक्षले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले यही असार २९ र ३० गते वीरगञ्जमा बैठक बोलाएका छन् भने बाबुराम भट्टराइ पक्षले असार २८ र २९ गते काठमाडौंमा बैठक बोलाएका छन् ।

यादवले बोलाएको बैठकमा संघीय परिषद्का अध्यक्ष भट्टराईलाई समेत निम्ता नगरिएको भट्टराई पक्षीय नेताहरूको भनाइ छ ।

कार्यकारिणी अध्यक्ष यादवले यसअघि बोलाइएको बैठकको मिति सारेर असार २९ र ३० गते गरिएको हो । जसपाको नेताहरू अब स्पष्ट रूपमा दुई कित्तामा बाँडिने भएका छन् । भट्टराई पक्षीय नेताहरू काठमाडौंमा तथा यादव पक्षीय नेताहरू वीरगञ्जमा सहभागी हुने भएका छन् ।

सम्बन्धित खवर