जनकपुरधाम । गणपुरक संखया नपुगेपछि प्रदेश सभाको बैठक स्थगित भएको छ ।

प्रदेशमा अहिले अगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको छ । तर, शुक्रबार गणपुरक संख्या नपुग्दा बैठक स्थगित भएको हो ।

गएको असार २० गतेदेखि बजेट सत्र सुरु भएको हो ।

गएको असार १ गते प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेटमा छलफल भइरहेको हो ।

शुक्रवार बोलाइएको प्रदेशसभा बैठकमा गणपुरक संख्या नपुगेपछि बैठक आधा घण्टाको लागि स्थगित भएको हो ।

सभामुख सरोजकुमार यादवले प्रदेशको शुक्रबारको कार्य प्रारम्भ गर्दा प्रमुख प्रतिपक्षीदल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले गणपुरक संख्या उपस्थित नरहेकाले बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

गणपुरक संख्या उपस्थित नभएकाले सभामुख यादवले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

प्रदेशसभामा हाल १ सय १ जना सांसद रहेकोमा त्यसको एक चौथाई अर्थात २६ जना सांसदको उपस्थिति आवश्यक रहेको छ ।

 

सम्बन्धित खवर