जनकपुरधाम । आमचुनावको मिति घोषणाको तयारी भइरहेको बेला धनुषामा कांग्रेसलाई धक्का लागेको छ । मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा विकास मन्त्री रामसरोज यादवको गृह पालिकाका दिग्गज कांग्रेसी नेताहरुले पार्टी परित्याग गर्ने भएका छन् ।
मन्त्री यादवको गृह पालिका मुखियापट्टी गाउँपालिकाका पार्टी सभापति विश्वनाथ यादव र अर्का प्रभावशाली नेता मुन्ना चौधरीले पार्टी परित्याग गर्ने भएका छन् । दुवै जना कांग्रेस छाडेर नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । नेता यादव र चौधरी शनिबार नेकपा एमालेकी नेतृ जुली कुमारी महतोलाई भेटेका छन् । आसन्न आमचुनावमा जुली महतो नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ बाट चुनाव लड्ने चर्चा छ । मन्त्री यादव प्रतिनिधिसभा क्षेत्र नं. ३ को क बाट २०७४ सालको निर्वाचनमा विजयी भएका थिए । नेताद्वय यादव र चौधरी स्थानीय तहको निर्वाचनपछि पार्टीका पूर्व उपसभापति बिमलेन्द्र निधि र प्रदेश सरकारका मन्त्री यादवसित असन्तुष्ट छन् । स्थानीय तहको निर्वाचनमा पार्टीलाई परिवारवादमा सीमित पारेकोले मुखियापट्टीमा लगातार दोश्रो पटक नराम्ररी पराजित भएको उनीहरुको बुझाइ छ । २०७४ सालको निर्वाचनमा फराकिलो अन्तरले पराजित भएका आप्mनो भतिजो र भान्जालाई पुनः उम्मेदवार बनाएर मन्त्री यादवले कार्यकर्ताका मुल्यांकन नगरेको पालिका सभापति विश्वनाथ यादवले आरोप लगाए । पालिकाले सिफारिस गरेको नाउँ हटाएर आप्mनो परिवार र नातेदारलाई टिकट वाँडेको आरोप उनले लगाए । मन्त्री यादवले मुखियापट्टी मुसहरनियाँ गाउँपालिका अध्यक्षमा कांग्रेसबाट भतिजो रामबाबु यादवलाई उम्मेदवार बनाएका थिए । वडा नं. २ बाट भान्जा सतिशचन्द्र यादवलाई वडाध्यक्षको उम्मेदवार बनाएका थिए । दुवै जना फराकिलो अन्तरले लगातार दोश्रो पटक पराजित भएको थियो । मन्त्री यादवले पार्टीलाई विधान अनुसार चल्न दिएको छैन्, सभापति यादवले भने–आपूm खुशि चलाएको छ ।
यस्तो अवस्थामा इमान्दार कार्यकर्ताको मुल्यांकन नहुने भएकोले आपूm पार्टी परित्याग गर्ने मनस्थिति बनाएको यादवले बताए । कांगे्रस छाडेर अवको राजनीति यात्रा नेकपा एमालेबाट सुरु गर्ने उनले जनकपुर संचारलाई बताए । कांगे्रसमा जीवन बिताएपनि पार्टीले मुल्यांकन नगरेको उनको ठहर छ ।
मन्त्री यादवको गृहपालिका मुखियापट्टी मुसहरनियाँका अधिकांश नेताहरु असन्तुष्ट छन् । पालिका अध्यक्षमा निर्वाचित जयकुमार यादव पनि कांग्रेसी नै थिए । उनको क्रियाशिल सदस्यता समेत नवीकरणमा झमेला खडा गरेपनि उनी गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा जसपाबाट अध्यक्षमा उम्मेदवारी दिएर विजयी भएका थिए । ग्रासरुटका कार्यकर्ताको मुल्यांकन नगरेर पैसा दिनेलाई टिकट दिने गरेको आरोप यादवले लगाए ।
यस्तै गत वर्ष सम्पन्न पार्टीको जिल्ला अधिवेशनमा पार्टी उपसभापतिका प्रत्यासी मुन्ना चौधरी पनि आउँदो ३० गते भित्रै नेकपा एमाले प्रवेश गर्ने भएका छन् । अहिले प्रवेश गरेको छैन, उनले भने–आउँदो २९÷३० गते भित्र एमाले अध्यक्ष केपी ओलीको हातबाट सदस्य लिने सोच छ ।
कांगे्रस पार्टीलाई धनुषामा बर्बाद गर्न केही नेता उद्दत रहेको उनले आरोप लगाए । आपूmहरुको वडास्तरमा पनि मुल्यांकन नरहेकोले यस्तो पार्टीमा बस्नुको कुनै अर्थ नरहेको उनले बताए ।
गत निर्वाचनमा आपूmहरुले एकल नाम सिफारिस गरेर दिएपनि पूार्टीका पूर्व सभापति निधि र प्रदेशका भौतिक पूर्वाधार मन्त्री यादवले आपूm खुशि बाँडेको आरोप लगाए । मुखियाप्टटी मुसहरनियाँ गाउँपालिका वडा नं. ३ मा आपूmहरुले एकल नाम सिफारिस गरेपनि रातारात धिरेन्द्र कुमार निधिलाई उम्मेदवार बनाएको उनले आरोप लगाए । आपूmहरुले नाम सिफारिस गरेको नेता रामसागर महतो अहिले जसपाबाट निर्वाचित वडाध्यक्ष छन् । कांगे्रसले टिकट नदिएपछि महतोले जसपा प्रवेश गरेर चुनाव लडेका थिए । उनी फराकिलो अन्तरले वडाध्यक्षमा निर्वाचित पनि भए । तर, कांग्रेसले टिकट दिएका निधि भने फराकिलो अन्तरले पराजित भएको चौधरीले बताए । पार्टीको हीत विपरित कार्य गर्ने नेता र कार्यकर्तालाई कारबाही गर्ने आँट छैन, उनले भने–नेतृत्व तह नै इमान्दार नभएको पार्टीमा बस्दिन् ।
स्वतन्त्र उम्मेदवारको विजयी जुलुशमा पार्टी जिल्ला सभापति सहभागी हुन्छ, उनले भने–कुनै नेतालाई आँट छ, कारबाही गर्ने ? चौधरी गत अधिवेशनमा संस्थापन पक्षबाट जिल्ला उपसभापतिमा उम्मेदवारी दिएका थिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech