जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले आपैm योजनाहरुको अनुगमन गरेका छन् । प्राविधिकसहितको टोली लिएर नगर प्रमुख यादवले शनिबार योजनाहरुको अनुगमन गरेका हुन् ।
चालु आर्थिक वर्षमा नगरमा गरिएको पीसीसी ढलान, सडक निर्माण लगायतको योजनाको गुणस्तरिय जाँच गर्न प्रयोग गरिने रि बाउन्ड हेमर टेस्ट मेसिन सहित उनले अनुगमन गरेका छन् ।
नगर प्रमुख यादवले पहिलो पटक डिजिटल मेसिन सहित अनुगमनमा लागेका हुन् । असारे विकासको चटारोमा गुणस्तरहीन कामहरु भईरहेको व्यापक जनगुनासोपछि नगर प्रमुख यादवले गुणस्तरीय चेकजाँच गर्ने उपकरणसहित आफै फिल्डमा उत्रेका छन् ।
शनिबार भुक्तानीको अन्तिमर दिन कामै नगरी भुक्तानी लिने प्रवृतिलाई अन्त्य गर्न नगर प्रमुख यादवले गुणस्तरीय जाँच गर्ने टोलीसहित नगरमा अनुगमन गरेका हुन् ।
गुणस्तर जाँच्ने मेसिन सहित आफै अनुगमन गर्न थालेका नेकपा एमालेका नगर उपाध्यक्ष अनिल चौधरीले बताए । आर्थिक वर्ष २०७८÷०८९ मा विकास निर्माणसहित गुणस्तरीय कामकाज लागत अनुमान बमोजिम काम भएकोले निकासा पाउनु पर्यो जुन काम स्टिमेट बमोजिम भएको छैन्, उसलाई निकासा नदिने नगर प्रमुख यादवले भने ।
नगर प्रमुख यादवले विभिन्न वडामा काम गरिएको काम प्रति स्थानिय वासिन्दाको गुणासोले गर्दा ग्राउन्डमा गएर गुणस्तरिय चेक गर्ने मेसिन सहित चेकजाँच गरि अनुगमन गरिएको बताए । अनुगमनमा प्रमुख प्रशासकिय अधिकृत प्रमोद घिमिरे, लेखा शाखाका विक्रम साह, प्राविधिकहरु थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech