मो.इन्तेखाब आलम
जनकपुरधाम । इस्लाम धर्मावलम्वीहरुको दोस्रो ठूलो महान चाड इदुल अजहा (बकर–इद) आइतबार देशभर हर्षाेल्लासका साथ मनाईदैछ ।
संघीय सरकार गृह मन्त्रालयले आइतबार इस्लाम धर्मावलम्बीहरूको महान चाडपर्व ईदुल अजाहको अवसरमा देशभर सार्वजनिक बिदा दिने घोषणा गरेपछि हर्षोल्लासकासाथ बकर–इद मनाउन लागिएको हो ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ ।
इस्लाम धर्मावलम्वीहरूको दुईवटा मात्र चाडपर्व रहेकोमा पहिलो रमजानुल मुबारकको महिनाको समाप्तिपछि रमजानको रोजामा रहेको कमी कमजोरी पूरा गर्ने उद्देश्यका साथ खुशीयालीमा मनाउने इदुल फित्र र दास्रो हजरत इब्राहिम अलहिस्सलामको सुन्नत कुर्वानी अर्थात ईदुल अजाहा रहेको छ ।
इदुल अजाहा ईस्लामिक पात्रो अनुसार सालको १२ महिनामध्ये अन्तिम महिना जिलहिज्जा १०, ११, १२ गरी तीन दिन सम्म चल्ने पर्व हो । यस पर्वमा मुस्लिमहरु ईदुल अजहाको २ रिकात नमाज ईदगाहमा पढेपछि जनावरको कुर्बानी दिने चलन छ । कुर्बानी ३ दिन सम्म दिन सकिनेछ । हदिशमा उल्लेख भएअनुसार कुर्बानी दिने जनावरको प्रत्येक रौं का निम्ति एक नेकी अल्लाहको तर्फबाट कुर्बानी दिनेले पाउनेछन् । बकरईदको अवसरमा नेपाल सरकार र मधेश प्रदेश सरकारले आइतवार सार्वजनिक विदा दिएको छ । पैगम्बर अर्थात अल्लाहको (दुत) इब्राहिम अलैहे सलाम र उनका छोरा पैगम्बर अर्थात अल्लाहको (दुत) इस्माइल अलैहे सलामको सम्झनामा (सुन्नत) मुस्लिम धर्मावलम्बीहरु बकरईद मनाउने गरिएको मोदरसा मरकजी दारुल केरातका मौलाना मो. नसीम कादरीले बताए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech