जनकपुरधाम । सर्वोच्च अदालतका पूर्व वरिष्ठ न्यायाधीश गिरिशचन्द्र लालले अधिकारको लागि मधेशले अभैm शान्तिपूर्ण संघर्ष जारी राखेको बताएका छन् ।

जनकपुरमा शनिबार तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा) ले आयोजना गरेको स्वशासन का ५ वर्ष’ संगोष्ठी कार्यक्रममा उनले मधेशी विदेशी होइन, सबैभन्दा बढी भूमिको सन्तान रहेको दावी गरे ।

सो अवसरमा सार्वजनिक खरिद प्रक्रियाका विज्ञ ई. सत्यनारायण साहले सुशासन नभई कुनै शासन सही दिशामा जान नसक्ने दावी गरे । बजेटको ७०–८० प्रतिशत सार्वजनिक खरिद र योजना परिचालनसंग सम्बन्धित रहेकोले सुशासन बिना कुनै शासन सही दिशामा जान नसक्ने उनले भने ।

नेकपा समाजवादीका नेता संविधानसभा सदस्य शीतल झाले ’स्वशासन र संयुक्त वा सहशासन एकअर्कासंग जोडिए पनि समन्वय नदेखिएको बताए । तीन तहको सरकारको उपस्थितिमा मुलुकमा भ्रष्टाचार भयावह रुपल बढेको उनले दावी गरे ।

तमलोपाका केन्द्रीय अध्यक्ष वृषेशचन्द्र लालले विभेद र विकास तथा अवसरमा भेदभावको निदान संघीयता मार्फत स्वशासन रहेको बताए । प्रदेशलाई अगाडि बढाउने बारे प्रदेश सरकारले अनुभूति गराउन नसकेको उनले बताए ।

सम्बन्धित खवर