जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालका प्रदेश सांसद रामअशिष यादवले समृद्धिको मुल मन्त्र गुणस्तरीय शिक्षा रहेको बताएका छन् ।

शहिदनगर नगरपालिका वडा नं ३ यदुकूहास्थित श्री जनता एकाई माध्यमिक विद्यालय भवनको सोमबार उद्घाटन गर्दै प्रदेश सांसद यादवले सामुदायिक विद्यालयमा शिक्षा सुधार नभए समृद्धि हुन नसक्ने बताए ।

सो अवसरमा शहिदनगर नगरपालिका नगर प्रमुख दिनेश प्रसाद यादवले शहिदनगरको ३२ वटा सामुदायिक विद्यालयमा शिक्षा सुधार अभियान शुरु गर्ने घोषणा गरे ।

प्रदेश सांसद यादवको समन्वय र सामाजिक विकास मन्त्रालय, सामाजिक विकास इकाईको सहयोगमा ३० लाख रुपैयाँको लागतमा विद्यालय भवन निर्माण गरिएको ई. सरोज साहले जानकारी दिए ।

बिद्यालयका प्राधानाध्यापक रामनारायण ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शहिदनगरका शिक्षा संयोजक तथा वडाध्यक्ष उमेश निराला, वडा न. ३ का अध्यक्ष मनोज दास, शिक्षक महादेव साह, अभिभावकहरू सुरज साह लगायतको उपस्थिति थियो ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग