मो.इन्तेखाब आलम
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) धनुषाले सोमबार प्रमुख जिल्ला अधिकारीमार्पmत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।
लोसपाले नागरिकता सम्बन्धि विधेयक छिट्टै पारित गर्न, मधेश आन्दोलनका बेला लगाइएका झुठा मुद्दा फिर्ता लिन, रेमश चौधरी सहितका राजबन्दी रिहा गर्न, मधेसी, दलित, अल्पसंख्यक लगायतको अधिकारका लागि संविधान संशोधन गर्न, जनसंख्या अनुसार तीनै तहको सरकारमा बजेट विनियोजन गर्नुपर्ने माग गर्दै लोसपाका नेताहरुले धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्पmत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो ।
लोसपाले गएको जेठ २४ गते प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष ज्ञापन पत्र बुझाएको थियो । आपूmहरुको माग अविलम्ब पूरा गर्न धनुषाका प्रमुख जिल्ला अधिकारी पौडेलमार्फत प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकर्षण गराएको लोसपा जनकपुर नगर कमिटी अध्यक्ष मनोज चौधरीले बताए ।
सम्भावित खडेरी सामना गर्नका लागि विगत दुई दशकदेखि धान आयात प्रतिस्थापनाको नारा दिने राज्यले संचित क्षेत्र बढाउन उदासिन रहेको लोसपाको ठहर छ । मधेश र थरुहट क्षेत्रका लागी दिर्घकालीन योजना बनाई धान उत्पादन क्षेत्रमा भूमिगत सिचाँइ योजना बारे राज्यले असल र प्रभावकारी योजना ल्याउनु पर्ने ज्ञापन पत्र मार्फत ध्यनाकर्षण गराएको उनले बताए । कृषि कार्यमा प्रयोग हुने डिजल, मट्टी तेल,पेटरोल, विधुत महशुल सुल्भ मूल्यमा उपल्बध सरकारले गर्नुपर्ने ज्ञापन पत्र मार्पmत जानकारी गराएको उनले भने । ग्रामीन क्षेत्रमा २४ घण्टा विजुली र किसानलाई समयमा मल उपलब्ध गराउन सरकारलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको उनले बताए । नेपालमा अकाशिएको मंहगी र कालोबजारी लगायत १३ बँदे ज्ञापन पत्रमार्पmत सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech