जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपाल केन्द्रीय समितिको बैठक असार २९ र ३० गते वीरगञ्जमा हुने पार्टीले प्रष्टयाएको छ ।
काठमाण्डौमा हुन लागेको भनिएको केन्द्रीय समितिको बैठक पार्टीको आधिकारिक नरहेको जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले प्रष्टयाएका छन् । अस्थिर मानसिकता भएका गैरजिम्मेवार र अराजक व्यक्तीहरुले आप्mनो नीहित स्वार्थ पूरा गर्न पार्टीको केन्द्रीय बैठक बारे अफवाह पैmलाएको उनले स्पष्ट पारेका छन् । पार्टीको आधिकारिक केन्द्रीय समितिको बैठक भोली बुधबारदेखि वीरगञ्जमा हुन लागेको उनले प्रष्टयाएका छन् । सामाजिक संजालमार्पmत जसपाको केन्द्रीय कार्य समितिको बैठक काठमाण्डौमा हुन लागेको भ्रामक र षड्यन्त्रपूर्ण तरिकाले अफवाह पैmलाइरहेकोले यस्तो अफवाहबाट सचेत रह्न सबैलाई आग्रह समेत गरेको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech