जनकपुरधाम । वडाध्यक्षहरुले आपूm खुशी योजना बाँडेको विरोधमा लक्ष्मीनियाँ गाउँपालिकामा सोमबार ज्ञापनपत्र बुझाइएको छ ।
पालिकास्थित नेपाली कांग्रेस, नेकपा एस, जनता समाजवादी पार्टी, जनमत पार्टी र पूर्व वडाध्यक्षले संयुक्त रुपमा सोमबार लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रलाई ज्ञापनपत्र बुझाएका हुन् ।
वडाध्यक्षहरुले आसेपासेको उपभोक्ता समिति गठन गरेर बजेट अनियमितता गर्दै आएको भन्दै उनीहरुले आठ सूत्रीय माग गर्दै अध्यक्ष मिश्रलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमार्पmत गरिएको माग पाँच दिन भित्र पूरा नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् । वडाध्यक्षहरुले आप्mनो विश्वास पात्रलाई राखेर उपभोक्ता समिति गठन गर्ने गरेका छन् । उपभोक्ता समितिमा रहेको पदाधिकारीहरुले बजेटबाट वडाध्यक्षलाई समेत कमिशन दिदै आएको बताइन्छ ।
वडाध्यक्षहरुको कामकाजप्रति निगरानी बढाउँदै दलका युवा नेताहरुले उपभोक्ता समिति गठन समेत पारदर्शी गर्नुपर्ने माग गरेका छन् । लक्ष्मीनियाँ गाउँपालिका वडा नं. २ का वडाध्यक्षले सूचना माग्न गएको विरुद्ध दर्ता गराएको मुद्दा समेत फिर्ताको माग उनीहरुले गरेका छन् । पालिकाका सातै वडाका वडाध्यक्षहरुले योजना छनौट र उपभोक्ता समिति गठन पारदर्शी गर्नुपर्ने उनीहरुको माग छ । गोप्य तरिकाले उपभोक्ता समिति गठन गरेर योजना संचालन गरिएमा विरोध गर्ने चेतावनी उनीहरुले दिएका छन् ।
लक्ष्मीनियाँमा पालिका अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसका भएपनि बहुमत भने नेकपा एमालेको रहेको छ । पालिका अध्यक्ष र उपाध्यक्ष रहेको नेपाली कांग्रेस वडा नं. २ का युवा नेताहरुले समेत वडाध्यक्षको विरोधमा ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाली कांग्रेसका वडा सभापति आनन्द कुमार यादव, नेकपा (एस) का पालिका उपाध्यक्षका प्रत्यासी सत्यनारायण यादव, जनता समाजवादी पार्टीका वडा सचिव रोशन कुमार यादव, जनमत पार्टीका अनिल ठाकुर र पूर्व वडाध्यक्ष गणेश यादव लगायतको उपस्थिति रहेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech