एक जमाना थियो–जहाँ न्यायाधीशले बेलको खटिया ‘बेलासन’मा बसेर न्याय दिन्थे । पापधर्मलाई आधार मान्दै निसाफ छिन्थे । निसाफमा गलत हुन्छ कि भनेर डर, त्रास हुन्थ्यो । ‘गलत गरेमा आँसुले पोल्छ, भगवानले श्राप दिन्छन’ भन्ने मान्यता थियो । अहिले युग परिवर्तनसँगै यस्ता मान्यता हराउँदै गए ।

बेललाई शिवको अंश मानिन्थ्यो । सर्वोच्च अदालतको कूल देउता कालभैरव मानिन्थ्यो । हनुमानढोकाको कालभैरवको पाउ छोएर न्याय दिइन्थ्यो । कसैले झुठो कुरा गरेमा रगत छादेर मर्छ भन्ने मान्यता थियो । जब डर हराउँदै गयो, त्यसपछि जनआस्थामा हस आउँदै गयो ।

 

दश वर्षअघि न्यायपालिकाप्रति जनआस्था कसरी बढाउने भन्ने विषयमा एउटा अध्ययन गरिएको थियो । २०६३ सालमा बरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको संयोजकत्वमा बनेको अध्ययन समितिभित्र न्यायपालिकासँग भ्रष्टाचार जोडेर लेख्ने वा नलेख्ने भन्ने विषयमा विवाद भएको थियो । समितिमा गहन छलफलपछि ठाडै ‘भ्रष्टाचार’ भन्दा जनआस्था घट्ला भन्ने निस्कर्षसहित ‘जनआस्था अभिवृद्धि’ विषयमा अध्ययन गरिएको थियो । त्यसको नाम थियो, ‘जनआस्था अभिवृद्धि अध्ययन समिति ।’

अघिल्लो समयमा न्यायलयप्रति जनआस्था घट्दै गएको आँकलन हुन थालेका छन् । १० वर्षअघि सर्वसाधारणकोे आस्था घट्ला भन्ने चिन्ता गर्दै गरिएको अध्ययन प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन नहुँदा समस्या ज्यूँका त्यूँ छन् ।

न्यायपालिकाको शाख गिर्दै जानुको कारण न्यायपालिकाभित्र देखिएको राजनीति र भ्रष्टाचार । जनआस्था अदालतको विभूति, आभुषण हो । संविधानमा भएका त्रुटी हटाएर कहिल्यै पनि राजनीतिक दलको सदस्य भएको व्यक्तिलाई न्यायाधीश नबनाउन सुझाउँछन् । ‘सर्वसाधारण सेवाग्राहीले कानुनले नमिल्ने विषयमा कुनैपनि ढंगले अनावश्यक दबाब नदिने, भ्रष्ट प्रवृत्तिलाई समाजसमक्ष उदघाटित गर्ने, भ्रष्टहरुलाई समाजमा बहिष्कार गर्ने, कानुन व्यवसायीले फाँटवाला, न्यायाधीश निवास धाउने, न्यायकर्ता, कर्मचारीलाई अनुचित दबाब दिने प्रवृत्ति बन्द गर्ने, मुद्दा हारेमा अर्को पक्षले घुस खुवाएर जितेको भनी पक्षबाट सहानुभूति लिनखोज्ने प्रवृत्ति त्याग्नुपर्ने, फाँटवालासमेत कर्मचारी सेवाग्राहीको घरघरमा धाउने काम बन्द गर्नुपर्ने छ । ‘सुनुवाईको व्यवस्थालाई विस्तार गरी जिल्ला, पुनरावेदनमा समेत उत्तीर्ण भइ योग्यता सूचिमा समावेश भएका व्यक्तिमध्येबाट सार्वजनिक सुनुवाईका माध्यमबाट स्वच्छ र सक्षम देखिएकालाई मात्र पदमा नियुक्त गर्नुपर्छ’ । यसरी न्याययालयलाई विवादित हुनबाट अक्षुण्ण राख्नुपर्छ ।

सम्बन्धित खवर