जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक बुधबार(आज) देखि वीरगञ्जमा बस्ने भएको छ ।

बैठकमा सहभागी हुन अध्यक्ष यादवसहितका नेताहरु मंगलबार नै वीरगञ्ज आइपुगेका छन् ।

बुधबार र बिहीबार हुन लागेको पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी हुन अध्यक्ष यादव एक दिन अगाडि नै वीरगञ्ज आइपुगेका हुन् ।

अध्यक्ष यादवलाई लिन वन तथा वातावरण मन्त्री प्रदीप यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतका नेता कार्यकर्ता सिमरा विमानस्थल पुगेका थिए ।

सिमरा विमानस्थलमा स्वागत गर्दै पार्टीका नेता कार्यकर्ताले अध्यक्ष यादवलाई वीरगञ्ज ल्याएका हुन् ।

केन्द्रीय समितिको तयारीका लागि कार्यकारिणी समितिको बैठक मंगलबार बसेको छ ।

सो बैठकमा केन्द्रीय समितिमा प्रस्तुत हुने एजेन्डालाई अनुमोदन गरेकोे छ । बैठकमा सहभागीका लागि देशभरबाट नेता तथा कार्यकर्ताहरु वीरगञ्ज आउन सुरु भएको छ ।

पार्टीको विवादको बीचमा भइरहेको यो बैठकप्रति पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताको आकर्षण रहेको छ । केन्द्रीय समितिमा नरहेका नेता तथा कार्यकर्ताहरु पनि वीरगञ्ज पुग्न लागेका छन् ।

वीरगञ्जमा जसपाका नेताहरुको चहलपहल बढेको छ । केन्द्रीय सदस्यहरुको लागि पार्टीले बास र खानाको समेत व्यवस्था गरेको छ ।

सम्बन्धित खवर