काठमाण्डौ । नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले पार्टीले छलफलमा ल्याएको प्रस्तावित वरियताक्रममा असन्तुष्टि जनाएका छन् । पार्टी कार्यालय, सानेपामा मंगलबार बसेको बैठकमा वरियताक्रमको मस्यौदा पेश भएको थियो, जसमा प्रदेश सभापतिहरुलाई केन्द्रीय सदस्यभन्दा तल राखिएको छ ।

तर प्रदेश सभापतिहरुले आफूहरुलाई केन्द्रीय सदस्य भन्दा अगाडि राख्नुपर्ने माग गरेका छन् । ‘पूर्व पदाधिकारीभन्दा तल प्रदेश सभापतिहरूको स्थान रहनुपर्छ भन्ने हाम्रो माग छ,’ गण्डकी प्रदेशका सभापति भनेका शुक्रराज शर्माले भने । कांग्रेसले पार्टीका विभिन्न तह र निकायका पदाधिकारी र सदस्यको मर्यादाक्रम प्रस्ताव गरेको छ । केन्द्रीय समिति बैठकमा कांग्रेसले पार्टी सभापतिदेखि साधारण सदस्यसम्म कांग्रेसले १२१ मर्यादाक्रम प्रस्ताव गरेको छ ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग