जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालीन सचिव ध्रुवनारायण झाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आयोगले गाविसका तत्कालीन सचिव झाविरूद्ध ७ लाख ५१ हजार रुपैयाँ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानी–नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
मंगलबार काठमाडौंस्थित विशेष अदालतमा अख्तियारले उनीविरूद्ध मुद्दा दायर गरेको हो ।
सचिव झाले गाविसमा विभिन्न योजना कार्यान्वयन एवं सेवा प्रवाहमा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो ।
त्यसमा अनुसन्धान हुँदा झाले ७ लाख ५१ हजार रुपैयाँ रकम विभिन्न व्यक्तिको नाममा निकाली हिनामिना गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech