मल अभावले खेती गर्न मुस्किल भइरहेको किसानलाई अघिल्लो समय मौसमले चिन्ता थपेको छ । असार महिनाको अन्तिम साता बित्नै लाग्दा वर्षा नहुँदा किसानले धान रोपाइ गर्न सकेको छैन् । तीन तहको सरकार गठन भएपनि किसानको समस्या भने ज्यूकात्यू रहेको छ । तीनै तहका सरकारले प्रत्येक वर्ष सिचाईको नाममा करोडौ खर्चिदै आएपनि त्यो वास्तविक किसानसम्म पुग्न सकेको छैन् । गैर किसानले सरकारी सुविधाको फाइदा लिदै आएको छ । किसान भने अभैm सरकारी सुविधाको पर्खाइमा छ । किसानलाई न त मलको सुविधा छ, न त सिचाईको सहजता छ । यस्तो विपरित परिस्थितिमा किसानले खेती गर्नुपरेको छ । कृषि प्रधान देशका किसानहरु मल, मौसम र मजदूरको समस्याबाट ग्रसित छन् । किसानको समस्या समस्या राजनीतिक मुद्दामा मात्रै सीमित बनेको छ । समाधान तिर कुनै सरकारले ठोस पहल गरेको देखिदैन् । असार महिनाको अन्तिम साता बित्नै लाग्दा किसानको अनुहारमा चिन्ता छ । असार महिनामा किसानको अनुहारमा चिन्ता हुनु देशकै लागि राम्रो संकेत होइन् । विगतमा अरबौ रुपैयाँको खाद्यान्न आयात गरेको मुलुकमा अगामी दिन यो रकम थप बढेर जाने संकेत गरेको छ । जुन देशको लागि कदापी शुभ मानिदैन् । जुन देशको किसान पीडित हुन्छ, त्यो देश कहिल्यै समृद्ध हुन सक्दैन । समृद्ध शब्द नारामै सीमित हुने पक्का छ । किसानको समस्यालाई गंभिरतापूर्वक लिएर समाधान गर्नतर्पm कुनै सरकार अग्रसर देखिएको छैन् । असार महिनाको अन्तिम सातासम्म ५० प्रतिशत बढी धान रोपाई हुनुपर्नेमा अभैm खेत सुख्खा छ । जसका कारण रोपाई हुन सकेको छैन् ।
मनसुनको बेला अनिश्चित वर्षाको संकेत पाउन नेपाली किसान चिन्तित मुद्रामा आकाशतर्फ हेर्छन् । सामान्यतया नेपाली किसान जुन महिनाको पहिलो सातादेखि रोपाइँंमा ब्यस्त हुने गर्छन् । तर, यसपटक राम्रोसँग वर्षा भएको छैन त्यसैले रोपाइँका लागि मनसुनमा निर्भर किसान निराश भएका छन् । किसानप्रतिको दृष्टिकोण सरकारले बदलेर ठोस कदम चाल्नुपर्ने आवश्यक्ता देखिएको छ । अन्यता किसान खेती छाडेर पलायन हुने छ । किसानले खेती गर्न छाडे मुलुकमा थप संकट निम्तिने जोखिम बढेको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech