जनकपुरधाम । बालविवाह विरुद्धको अभियानमा विद्यार्थीहरु पनि जुडेका छन् । बालविवाह जस्तो सामाजिक कुरीति विरुद्ध सबैले आ आप्mनो ठाउँबाट एकजुट भएर लाग्नुपर्ने आवश्यक्ता औंल्याउँदै अभियानमा विद्यार्थीहरु जुडेका हुन् । उनीहरुले बालविवाह विरुद्धको अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने सपथ समेत लिएका छन् । लाइफ नेपालले जनकपुरको मुजेलियास्थित विद्यालयमा बुधबार आयोजना गरेको बालविवाह विरुद्ध किशोरकिशोरीहरूको शपथग्रहण समारोह कार्यक्रममा सहभागी विद्यार्थीहरूले यो अभियानमा जुड्ने सपथ लिएका हुन् ।

समाजमा बालविवाह गर्ने र गराउने दुवैलाई सचेत गराउने प्रतिबद्धता उनीहरुले जाहेर गरेका थिए ।

तराई मधेशका जिल्लाहरुमा दाइजो प्रथा, कथित सामाजिक प्रतिष्ठाका कारण बालविवाह जस्तो कुरीतिलाई स्थान दिएको छ ।

बालविवाह गर्दा शारीरिक, मानसिक तथा पारिवारिक हिंसा हुनुका साथै पठन पाठन समेत प्रभावित हुने गरेको विद्यार्थीहरुको बुझाइ छ । उनीहरुको सक्रियता सामाजिक रुपान्तरणको लागि प्रभावकारी हुने कार्यक्रममा सहभागीहरुले विश्वास व्यक्त गरेका थिए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नंं १४ स्थित श्री माध्यमिक विद्यालयका छात्र छात्राले बालविवाह गर्ने र गराउनले विरुद्ध अभियान अघि बढाउने बताए ।

घरपरिवार, छरछिमेकमा पनि कसैको बालविवाह भएको खण्डमा वाल क्लब मार्फत खबर प्रवाह गरेर रोक्ने विद्यार्थीहरूले बताए । प्रदेश सरकारले पनि बालविवाह रोक्नका लागि छोरी शिक्षा बिमा कार्यक्रम गरिरहेको छ । छोरी शिक्षा कार्यक्रम अन्तर्गत जन्मेका छोरीको निःशुल्क बिमा गर्ने काम गरिन्छ यसले पनि बालविवाहमा कमी आउने भएको छ ।

 

कार्यक्रममा छात्राहरूका लागि सहज किसिमले स्वचालित मेसिन मार्फत प्राप्त हुने सेनेटरी प्याड वितरण गर्ने मेसिन, बाल क्लबका छात्राहरूका लागि आवश्यक पर्ने सामाग्री सहितको बक्स तथा ४ हजार मास्क प्रदान गरिएको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले बताए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले लाइफ नेपालले बाल विवाह विरुद्धको अभियान अघि बढाउन गरेको प्रयासको सराहना गरे । उनले बालविवाहका कारणले महिला हिंसा बढी हुने गरेको बताउँदै बालविवाह रोक्न सके सामाजमा हिंसा हदैसम्म समाधान हुने विश्वास उनले व्यक्त गरे ।

वडा नंं १४ का वडाध्यक्ष पुण्य प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्रधानाध्यापक दिनेशचन्द्र झा, विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष हरिलाल राउत सहितका वक्ताहरूले आ आफनो धारणा व्यक्त गरे ।

 

सम्बन्धित खवर