जनकपुरधाम । नेपाली कांग्रेस मुखियाट्टी मुसहरनिया गाउँपालिका सभापति विश्वनाथ यादव लगायतका नेताहरु बुधबार नेकपा एमाले प्रवेश गरेका छन् ।
उनीसँगै गत वर्ष सम्पन्न पार्टीको १४औं जिल्ला अधिवेशनमा उपसभापतिका प्रत्यासी मुन्ना चौधरी पनि कांग्रे परित्याग गरेर एमाले प्रवेश गरेका छन् । उनीहरु केही दिन अघि मात्रै नेकपा एमालेकी पोलिटव्युरो सदस्य एवम् पूर्व मन्त्री जुली महतोलाई भेटेर एमाले प्रवेश गर्ने इच्छा जाहेर गरेका थिए ।
पार्टीको अघिल्लो कार्यशैलीप्रति असन्तुष्ट गाउँपालिका सभापति यादव र प्रभावशाली नेता चौधरी बुधबार एमाले अध्यक्ष केपी ओलीबाट सदस्यता लिएका छन् । दुवै जना काठमाण्डौको बालकोटस्थित ओली निवास पुगेर बुधबार एमाले प्रवेश गरेका हुन् ।
निर्माण व्यवसायी महासंघको मधेश प्रदेश अध्यक्ष समेत रहेका मुन्ना चौधरी कांग्रेसका नेताहरुबाट असन्तुष्ट रह्दै आएका थिए । स्थानीय तहको निर्वाचनमा मुखियापट्टी मुसहरनिया गाँउपालिकामा पार्टीको लज्जास्पद हार भएपछि सभापति यादव र नेता चौधरी असन्तुष्ट थिए ।
नेतृत्व तहले आपूmहरुको सम्मान नगरेको भन्दै गत साता दुवै जना एमाले प्रवेश गर्ने निर्णय लिएका थिए ।
पुर्व मन्त्री जुली महतोको सक्रियतामा उनीहरु एमाले प्रवेश गरेका हुन् । सो अवसरमा एमाले जनकपुरधाम नगर कमिटि अध्यक्ष सुरेन्द्र भण्डारी, क्षीरेश्वरनाथ नगरपालिका नगर कमिटी उपाध्यक्ष अनिल चौधरी सहितको उपस्थिति रहेको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech