मो.इन्तेखाब आलम

जनकपुरधाम । सनराईज बैंक लिमिटेड औरही शाखाले बुधबार श्रीमाध्यमिक विद्यालय परवाहा देउरीका विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री सहयोग गरेका छन् । सनराईज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्रीमाध्यमिक विद्यालयका १ देखि कक्षा ५ सम्मका ५० जना बालबालिकालाई झोला तथा शैक्षिक सामग्री सहयोग गरेको हो । औरही गाउँपालिका–२ का वडाध्यक्ष किसुन यादवको अध्यक्षतामा श्रीमाध्यमिक विद्यालयका गरिब, दलित, मुस्लिम, पिछडिएका समुदाय तथा जेहेन्दार बालबालिकालाई मध्यनजर राखी सो सामग्री सहयोग गरेको हो । देशभरिका जेहेन्दार गरिब, दलित, मुस्लिम, पिछडिएका समुदायलाई संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो सहयोग गर्दै आइरहेको सनराईज बैंक औरही शाखाका प्रबन्धक महेश कुमार रायले बताए । बालबालिकालाई १ झोला, ५ काँपी र एक पैकेट डटपेन सहयोग गरेको श्री माध्यमिक विधालय परवाहा देउरीका प्रअ शशि कुमार सिंहले बताए । कार्यक्रममा शिक्षक नवल यादव, देउरी परवाहा स्वास्थ प्रमुख फेकन यादव, स्थानिय व्यापारी भरत यादव तथा सनराईज बैक लिमिटेडका कर्मचारीहरुको उपस्थिति थियो ।

सम्बन्धित खवर