वीरगञ्ज । प्रहरीले श्रोत नखुलेको २० लाख नगदसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकमा नियमित चेकजाँचको क्रममा भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा भारतको विहार पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल वडा नम्बर २० का २८ वर्षीय संजित कुमार र सोही स्थानका २४ वर्षीय अनुराग मिश्र रहेका छन् ।

उनीहरुमाथि बैंक तथा वित्तिय ऐन सम्बन्धी कसुर सम्बन्धी मुद्दामा थप अनुसन्धान भईरहेको पर्सा प्रहरीका प्रवक्ता एव् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

सीमावर्ती भारतको रक्सौलबाट नेपालको वीरगञ्जतर्फ आउँदै गरेको द्यच्ण् छ ग् घछण्ण् नम्बरको सुपर स्प्लेण्डर मोटरसाईकल रोकी चेकजाँच गर्दा दुवै जनाले लगाएको पाइन्टको दुवै खल्ती, कम्मर पेटीमा पटुका बाँधी र हेलमेटको भित्री भागमा लुकाई छिपाई ल्याईरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर