विगतको सहमति कार्यान्वयनको माग गर्दै चुरे तथा वन जंगल संरक्षण अभियानले आज जनकपुर बन्दको आह्वान गरेको छ । जनकपुर बजारमा बन्दको आंशिक प्रभाव देखिएको छ । सुकुम्वासीको नाउँमा हुकुम्बासीले चुरे तथा वनजंगलको जग्गा अतिक्रमण गरिरहेका छन् । सरकारलाई त्यसतर्फ पनि ध्यानाकर्षण गराउन र वास्तविक भूमिहीनलाई जग्गा दिएको, प्रदेश सरकारले भदौ ४ गते तीन बुंदे सम्झौता कार्यान्वयन लगायतको माग गर्दै अभियानीहरु आन्दोलित भएका हुन् । उनीहरुले हिजो जनकपुरमा झारु जुलुश गरेका थिए भने मंगलबार दिउँसै लालटेन बालेर विरोध गरेका थिए ।
सरकारले गरेको सम्झौता अविलम्व सार्वजनिकगरी कार्यान्वयन गर्नुपर्ने, तराई मधेशका भूमिहीन दलित र सुकुम्वासीलाई जग्गा उपलब्ध गराउनु पर्ने माग पुनः अभियानले अगाडि सारेका छन् ।
चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल कुमार यादवले विगतमा प्रदेश सरकारले गरेको सम्झौता कार्यान्वयन नहुँदा पुनः आन्दोलित भएको जनाए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech