वीरगंजको बैठकमा ३ सय बढी केन्द्रीय सदस्यको उपस्थिति
वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालको वीरगञ्जमा भएको केन्द्रीय समितिको बैठकमा दुई तिहाई भन्दा बढी केन्द्रीय सदस्यहरुले सहभागिता जनाएका छन् ।
बुधबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार दिउँसोसम्म ३ सय ७ जना केन्द्रीय सदस्यहरुले आफ्नो नाम दर्ता गराएको बुझिएको छ ।
बहुसंख्यक केन्द्रीय सदस्यहरु वीरगञ्जको बैठकमा सहभागी भएकोले यसलाई जसपाको आधिकारिक बैठक मान्नुपर्ने नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले बताए । मन्त्री यादवका अनुसार बैठकमा जसपाका २३ प्रतिनिधिसभा सदस्यमध्ये १९ जनाको उपस्थिति छ ।
‘जसपामा ४९९ जना केन्द्रीय सदस्य छन् । पार्टीबाट लोसपा छुटिएर जाँदा केहि केन्द्रीय सदस्य त्यहाँ गए, स्थानीय तहको निर्वाचन अगाडि पनि केहि केन्द्रीय सदस्यहरुले पार्टी परित्याग गरेका छन् । ४० देखि ५० जना केन्द्रीय सदस्य अन्य पार्टीमा गएको अवस्था छ,’ वन मन्त्री यादवले भने, ‘बाँकी रहेका मध्ये बहुसंख्यक वीरगञ्जको बैठकमा उपस्थित छन् । त्यसैले पार्टीको आधिकारिक बैठक यो हो ।’ जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आप्mनो पक्षको बैठक काठमाण्डौमा गरेका छन् । नेता भट्टराईले आपूmसित ४० प्रतिशत केन्द्रीय सदस्य रहेको दावी गरेको थियो । तर, बिहीबार वीरगञ्जको बैठकमा तीन सय बढी केन्द्रीय सदस्य उपस्थित भएका छन् ।
यता बुधबार काठमाडौँको जडिबुटीमा सम्पन्न भएको भट्टराई पक्षको बैठकमा १०६ जना केन्द्रीय सदस्यले नाम दर्ता गराएको एक नेताले बताए । भट्टराईको बैठकमा उनीसहित २ जना प्रतिनिधिसभा सदस्य सहभागी भएका थिए । सांसद अमृत अग्रहरी तटस्थ बसेकी छन् । केही केन्द्रीय सदस्य पििन तटस्थ रहेको बुझिएको छ । उनीहरुले कुनैपनि पक्षको बैठकमा सहभागिता जनाएका छैनन् । पार्टीकी कार्यकारिणी समिति सदस्य एवम् पूर्वमन्त्री रेणु यादवले बिहीबार नै पार्टीको सम्पूर्ण जिम्मेवारी त्याग गरेको घोषणा गरेकी छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech