जनकपुरधाम । नेपाल यातायात स्वतन्त्र मजदूर संगठन ई रिक्सा इकाई कमिटीको अधिवेशन हुने भएको छ । ई रिक्सा समितिले अधिवेशन सम्पन्न गर्नको लागि जनकपुरधाम–६ स्थित कार्यालय स्थापना गरेको छ । बुधबार बसेको ई रिक्सा ईकाईको बैठकले प्रमुख सल्लाहकार रमेश झाको नेतृत्वमा अधिवेशन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । अधिवेशन समितिको कार्यालय संचालनको जिम्मा दुई जना सल्लाहकारलाई तोकेको छ । बैठकबाट जगन साह र पुष्पराज अर्याललाई कार्यालय संचालनको जिम्मा दिने निर्णय गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मधेश प्रदेश कमिटीका कोषाध्यक्ष अनिरुद्र झा र सचिव मनोज झाको विशेष उपस्थितिमा बैठक बसेको थियो ।

सम्बन्धित खवर