जनकपुरधाम । केही दिनदेखि अनियमित विद्युत् कटौतीले आजित जनकपुरबासीको समस्या समाधान गर्न अन्ततः जनकपुर उद्योग वाणिज्य संघले अग्रसरनता देखाएको छ । अनियमित विद्युत कटौतीले थेग्नै मुस्किल रहेको गर्मी छल्न समस्या भएको छ भने कलकारखाना, उद्योग, व्यापारमा समेत यसले प्रतिकूल असर पारेको छ ।
बढ्दो गर्मीमा केही दिनदेखि भएको अनियमित विद्युत कटौती विरुद्ध जनकपुर उद्योग वाणिज्य संघले शुक्रबार ज्ञापनपत्र बुझाएको छ । नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण शाखा प्रमुख लखनलाल मल्लिकलाई ज्ञापनपत्र बुझाएको हो ।
जनकपुरधाम उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख मल्लिकलाई ज्ञापनपत्र बुझाउँदै अनियमित विद्युत् कटौती बन्द गर्न माग गरेको हो ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा गएको टोलीले नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख मल्लिकलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा अघोषित रुपमा भइरहेको विद्युत् कटौतीलाई रोक्न माग गरिएको छ । यस्तै अव्यवस्थित विद्युत् तार तथा पोलहरूको व्यवस्थापन गर्न, मर्मतको नाममा सेवाग्राहीबाट लिइने शुल्क खारेज गर्न पनि माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख मल्लिकले विद्युत कटौतीको कुनै तालिका नभएको प्रतिक्रिया दिए ।
उनले मर्मत सम्भारका बेला विद्युत कटौती गरिदै आएको समेत जानकारी दिए । उनले यसवर्ष १६ प्रतिशत लोड बढिसकेकाले यस्तो समस्या सिर्जना भएको बताए ।
ज्ञापनकर्ता यस जिल्लाको उद्योगी व्यवसायीहरूको प्रतिनिधित्व गर्ने संस्था भए पनि नेपाल विद्युत प्राधिकरणले वितरणको जिम्मा पाएको विद्युतको हामी सम्पूर्ण नागरिक उपभोक्ता हौं ।
हामी सामान्य नेपाली नागरिकलाई नेपालको संविधानको धारा ४४ ले प्रत्येक उपभोक्तालाई गुणस्तरिय सेवा प्राप्त गर्ने अधिकार प्रदान गरेको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech