जनकपुरधाम । धनुषा प्रहरी शुक्रबार दिउँसैदेखि जनकपुरधाम–९स्थित एक घरमा छापामारीमा जुटेका थिए ।

स्वास्थ्य सामग्री लुकाएर राखेको गोप्य सूचनाको आधारमा प्रहरी टोलीले छापामारी गरेको हो ।

घरभित्र राखिएको एक करोड बढीको अवैध स्वास्थ्य सामग्री प्रहरीले शुक्रबार दिउँसो बरामद गरेका छन् । सामानसँगै तीन जनालाई नियन्त्रणमा समेत लिएको छ ।

स्वास्थ्य सामग्रीको अवैध कारोबार भइरहेको आशंकामा छापा मारेर स्वास्थ्य सामग्री सहित तीनजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतबाट अवैध रुपमा भन्सार नतिरी एक करोड बढीको मेडिकल सामग्री घरभित्र लुकाएर राखेको अवस्थामा बरामद गरिएको धनुषाका प्रहरी नायब उपरिक्षक जीतेन्द्र बस्नेतले बताए ।

डीएसपी दिपक राई नेतृत्वको टोलीले जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिर नजिकै रहेको घरमा छापा मार्दा एक करोड मुल्य बराबरको विभिन्न मेडिकल सामग्री बरामद भएको हो ।

प्रहरीले उक्त घरबाट ठूलो परिमाणमा स्वास्थ्य सामग्री, भारतीय नम्बर प्लेटको जीपसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

भारतको मधुवनी जिल्ला जयनगर थाना बस्ने ५२ वर्षीय विपिन कुमार सिंह, दाउदपुर थाना बस्ने ६० वर्षीय शंकर सिंह र पटनाको हरनोद सिरसिया बस्ने २३ वर्षीय सुरज सिंह रहेको धनुषा प्रहरीका प्रवक्ता समेत रहेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए ।

तीनैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्वास्थ्य जाँच गर्ने विभिन्न उपकरण, केमिकल लगायतको सामग्री भारतबाट जनकपुर ल्याउँदा प्रहरीकै सेटिङ रहेको आशंका गरिएको छ ।

पाँच किलो चिनी समेत नियन्त्रणमा लिन नछुटाउने प्रहरीले करोडौको स्वास्थ्य सामग्री ल्याउँदा सुइको पाएको छैन् । घरमा राखिरहेको सामग्री छापामारी गरेर बरामद गरेको छ । प्रहरीको भूमिका पनि शंकास्पद रहेको श्रोतले बताए । बार्गेनिङ नमिल्दा घरमा राखिएको स्वास्थ्य सामग्री नियन्त्रणमा लिएको श्रोतको दावी छ ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग