वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई केन्द्रीय सदस्यसहित ६९ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

केन्द्रीय सदस्य बिरेन्द्र यादव, टेक बहादुर शाक्य, प्रदेश सदस्य सलाउद्दिन अहमद, जिल्ला सदस्य एवम् जगरथापुर गाउँपालिका अध्यक्षका प्रत्यासी कृष्ण मोहन यादव, पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का अध्यक्ष लालबाबु साह, जिराभावानी गाउँपालिका संयोजक राजबली यादव, ठोरी गाउँपालिका संयोजक राम बहादुर पाख्रिन लगायतले सामुहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

शनिबार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफुहरु आजैको मितिले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पार्टीमा स्वेच्छाचारिता, पार्टी एकलौटी ढंगबाट संचालन भएको, नीति, नियत र नेतृत्व प्रष्ट नभएको र पार्टी संगठनात्मक संरचनामा नभई पार्टीमा ब्यक्ती, ठेकदार र भ्रष्टाचारी हाबी भएकोले आपूmहरुले पार्टी परित्याग गरेको बिरेन्द्र यादवले बताए । यसै बिहीबार मात्रै वीरगञ्जमा सम्पन्न केन्द्रीय समितिको बैठकमा उनीहरु सहभागी थिए । पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई ल्याउन उनीहरु सिमरा विमानस्थल समेत पुगेका थिए ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग