वीरगञ्ज । जनता समाजवादी पार्टीको बिहीबार वीरगञ्ज बैठकमा १९ जना कार्यकारिणी सदस्य सहभागी भएको दाबी गरिएको छ । केन्द्रीय सदस्य पूर्ण बस्नेतले ३२ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका १९ जना सदस्य वीरगन्ज बैठकमा सहभागी भएको दाबी गरे । यस्तै ४९९ केन्द्रीय समिति मध्ये वीरगन्ज बैठकमा ३०७ जना केन्द्रीय सदस्य उपस्थित भएको उनको दावी छ । उनले ७ कार्यकारिणी समिति सदस्य बाबुराम भट्टराई पक्षमा र ६ जना दुवै बैठकमा अनुपस्थित रहेको जिकिर गरे ।

उनका अनुसार कार्यकारिणी समिति सदस्य परशुराम खापुङ प्रदेश नम्बर १ को प्रदेश प्रमुख र नवराज सुवेदी साउदी अरबको राजदूत भएपछि पार्टीबाट राजीनामा गरेका थिए ।

वीरगञ्ज बैठकमा भाग लिने कार्यकारिणी सदस्यहरुः

१ उपेन्द्र यादव

२ अशोक राई

३ राजेन्द्र श्रेष्ठ

४ लालबाबु राउत

५ रकम चेम्जोङ

६ गोविन्द चौधरी

७ सुशीला श्रेष्ठ

८ रामसहाय प्रसाद यादव

९ रणध्वज कन्दङवा

१० मृगेन्द्रसिंह यादव

११ परशुराम बस्नेत

१२ युवराज कार्की

१३ विजय यादव

१४ मोहम्मद इस्तियाक राई

१५ प्रकाश अधिकारी

१६ गजाधर यादव

१७ शिवलाल थापा

१८ मनिष सुमन

१९ नवलकिशोर साह

 

भट्टराई पक्षका कार्यकारिणी सदस्यहरुः

१ डा बाबुराम भट्टराई

२ हिसिला यमी

३ महेन्द्र राय यादव

४ गंगानारायण श्रेष्ठ

५ डम्बर खतिवडा

६ प्रशान्त सिंह

७ रमेश यादव

 

कतै भाग नलिएका कार्यकारिणी सदस्यहरुः

१ हेमराज राई

२ भक्तबहादुर साह

३ दुर्गा सोव

४ राजकिशोर यादव

५ अमृता अग्रहरी

६. रेणु यादव

यादव पक्षको वीरगञ्ज बैठकले भट्टराईसहित ९ जनालाई पार्टीबाट पदमुक्त गरिएको घोषणा गरेको थियो । यससँगै शुक्रबार एक विज्ञप्तिमार्फत भट्टराईले आफूहरुको सामू अब पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका थिए । ‘उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९–३० गतेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको छ ।

सम्बन्धित खवर