जनकपुरधाम । बागमती नदिमा बेपत्ता भएका धनुषाका युवकको शव शनिबार फेला परेको छ ।
शुक्रबार परिवारसंग रौतहटको नुनथरस्थित बागमती नदी किनारमा पिकनिक गएका धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ बस्ने २० वर्षीय पारस यादव नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए । उनको शव शनिबार बिहान फेला परेको हो ।
रौतहटको चन्द्रपुर नगरपालिका १ नुनथरमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा बेपत्ता भएका यादवको रातिदेखि नै प्रहरीले खोजतलास गरेको थियो ।
खोजी गर्ने क्रममा बागमती सिचाई आयोजनाको ब्यारेजको ढोकामा अड्किरहेको अवस्थामा यादवको शव भेटिएको सशस्त्र प्रहरी वेश क्याम्प सन्तपुरका प्रमुख प्रहरी नायव उपरीक्षक योगराज दाहालले जानकारी दिए ।
शवलाई सुरक्षाकर्मीले डोरीको सहायताले निकालेका छन् ।
शुक्रबार आफ्ना बुबाआमासहित पिकनिक खान गएका यादव अन्य दुई जना पौडी खेल्न साँझ साढे पाँच बजेतिर बागमती नदीमा छिरेका थिए ।
तीनजना मध्ये महाराजा जैसवार र अमर यादव बाहिर निस्कन सफल भएका थिए भने यादव भने नदीमा डुबेर वेपत्ता भएका थिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech