जनकपुरधाम । पानी नपर्दा मधेश प्रदेशमा धान रोपाई अलपत्र परेको छ ।

धनुषा,महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, बारा र पर्सा जिल्लामा अहिलेसम्म धान रोपाईले गति लिन सकेको छैन् ।

मधेशका जिल्लामा पनि सिञ्चित बाहेकका आकाशे पानी नपरेर नै रोपाइँ रोकिएको छ ।

असार पहिलो साता परेको पानीले प्रदेशमा धान रोपाई भएको थियो । मध्य असार अघिको वर्षाको पानीले एक झमट रोपाइँमा लागेका किसान त्यसयता खेतमा पानी सुकेपछि चिन्तामा परेका हुन् । बेर्ना पनि लगातार पानी नपाउँदा बिग्रिन थालेको किसानले बताएका छन् ।

असार महिनाको अन्त्यसम्म जिल्लामा ५० प्रतिशत धान रोपाई भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

धनुषामा रहेको ७५ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टरमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

असार सिद्धिन लाग्दासम्म धान रोपाइँले गति लिन नसकेपछि किसान यसपाली अन्नको संकट पर्ने चिन्ताले पिरोलिएका छन् । मुख्य बाली धान नै रोप्न नसकिएपछि परिवार कसरी पालन गर्ने भन्ने चिन्ताले यहाँका किसानलाई पिरोलेको छ ।

असार सकिनै लाग्दा धान रोपाइँ जिल्लामा एक तिहाई नाघेको छैन ।

रोपाइँ गर्ने भनेर हिल्याइएको खेत चर्को घामले सुकेर गएको छ । रोपेको खेतमा चिरा परेको छ ।

पर्सा जिल्लामा कूल ७० हजार खेतीयोग्य जग्गामध्ये लगभग ५० हजार हेक्टर धान खेतीका लागि योग्य मानिन्छ । जिल्लाका १० प्रतिशत जग्गामा स्थायी सिँचाइको प्रबन्ध छ । बिहानैदेखि चर्कने घामको प्रचण्ड राप र सँगसँगैको तातो हावाले कृषि मजदुर काममा निस्कन छाडेका छन् । सर्लाहीमा पनि किसान पानीको पर्खाइमा छ । पानी नपर्दा धान रोपाइले गति लिन नसकेको बताइएको छ ।

अहिले झमझम झरीपरी किसानलाई धान रोपाइँ गर्न भ्याननभ्याइ हुनुपर्ने बेला हो तर अवस्था त्यस्तो छैन् । खडेरी लाग्दा किसान पुर्पूरोमा हात लगाउँदै कहिले पानी पर्ला ! भनी आकाशतिर आँखा लगाइरहेका छन् ।

पानी नपर्दा किसानले रोपाइँ गर्न पाएका छैनन् भने रोपेको धान बाली सुकेर जान थालेको छ । तराई मधेशका जिल्लामा यो वर्ष पर्याप्त वर्षा हुन सकेको छैन् । असार दोस्रो साता दुई दिन सामान्य झरी परेपनि त्यसपछि पानी पर्नै सकेको छैन् ।

 

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग