जनकपुरधाम । धनुषा प्रहरीले भन्सार छलीको मालसामान बरामद गरेको छ । धनुषा प्रहरीले शनिबार राति ८९ हजार बराबरको भन्सार छलीका अवैध मालसामान बरामद गरेको हो ।

शनिबार राति जिल्ला प्रहरी कार्यालयबाट खटि गएको विशेष अनुसन्धान टोलीले जनकपुर उप–महानगरपालिका–७ स्थितमा भारतबाट भन्सार छलि चोरी पैठारी गरी ज.३ प. ६५९४ नं. को मोटरसाइकलमा ल्याउँदै गरेको मालसामान बरामद गरेको हो । पलास्टिकको बोरामा बाँधी (टिफिन क्यारियर,तेल,मजा,तन्ना,चिनि लगायतका करिब ८९ हजार बराबरका मालसामानहरु बरामद गरेको हो । बेवारीसे अवस्थामा फेला परेकोमा उक्त मालसामान आवश्यक कार्वाहीको लागि आइतबार भन्सार कार्यालय जनकपुरमा पठाईएकोछ ।

सम्बन्धित खवर