जनकपुरधाम । बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत संचालित छोरी शिक्षा बीमा÷मुद्दती खाता पुनः खुला गरिएको छ ।

एक सातादेखि बन्द भएको मुद्दती खाताको लागि आइतबारदेखि अनलाइनबाट फारम संकलन गर्न लागेको हो । गएको असार २० देखि २४ गतेसम्म फारम बुझाउन छुटेका छोरीको बीमा अव अनलाइनमार्पत गर्न सकिने भएको छ । यसको लागि सामाजिक विकास मन्त्रालय मातहत रहेको शिक्षा निर्देशनालयले फारमको नमूना समेत सामाजिक संजालमार्पmत सार्वजनिक गरेको हो । अनलाइन फारम भर्ने तरिकाबारे पनि निर्देशनालयले आवश्यक जानकारी शेयर गरिएको छ । गत असार महिनामा मात्रै निर्देशनालयले छोरी बीमाको लागि १७०० सय बढी फारम संकलन गरेको थियो । उनीहरुको नामावली सम्बन्धित बैंकमा समेत पठाइसकेको छ । असार महिनामा फारम दर्ता गराउन नसकेका अभिभावकले आप्mनो छोरीका बीमा अनलाइन फारम भरेर गराउन सक्ने भएको निर्देशनालयका निर्देशक चुडामणी फुयालले बताए । साउन १ गतेदेखि अनलाइन फारम सेवा संचालन गरिएको छ, फुयालले भने–अव फारम लिएर निर्देशनालयमा आउने झन्झट हटेको छ । आ आप्mनै स्थानबाट सहज तरिकाले अनलाइन फारम भरेर आप्mनो छोरीको बीमा गर्न सक्ने भएपछि सर्वसाधारणलाई फाइदा पुग्ने फुयालको विश्वास छ । २०७८ माघ १ गते यता जन्मेकी छोरीको अनलाइन मार्पmत फारम भर्न सक्ने भएको छ ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग