जनकपुरधाम । गोपाल सेवा समितिको केन्द्रीय कार्यालय सोमबारदेखि विधिवत संचालनमा आएको छ । जनकपुरधाम–४ विषहारा चौकस्थित गोपाल सेवा समितिको केन्द्रीय कार्यालय संचालनमा आएको हो । समितिका केन्द्रीय अध्यक्ष कौशल कुमार यादव, वरिष्ठ उपाध्यक्ष बजरंग कुमार यादव लगायतले संयुक्त रुपमा उद्घाटन गरेपछि कार्यालय संचालनमा आएको हो । समितिका पदाधिकारीहरुले सोमबारदेखि नै कार्य सम्पादन थालेका हुन् । गएको चैत १२ गते सर्लाहीको मलगंवामा सम्पन्न समितिको नवौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा कौशल कुमार यादव, वरिष्ठ उपाध्यक्षमा बजरंग कुमार यादव, उपाध्यक्षमा रामायण यादव, उपेन्द्र यादव, श्यामनारायण यादव तथा सविता यादव, महासचिवमा शशिरंजन यादव, सचिवमा महेन्द्र राय यादव र कोषाध्यक्षमा जगदिश यादव सर्वसम्मत चयन भएका थिए ।

सम्बन्धित खवर