जनकपुरधाम । सर्वोच्च अदालत तानिएका न्यायाधीश डा.परशुराम भट्टराईले गत आर्थिक वर्षमा धनुषा जिल्ला अदालतमा सबैभन्दा बढी पैmसला गरेका छन् ।
भट्टराईले गत आर्थिक वर्षमा न्यायाधीश भट्टराईले सबैभन्दा बढी ८७४ मुद्दाको पैmसला गरेका हुन् । उनी अघिल्लो पटक गरेको पैmसला विवादित भएको थियो । पैmसला विवादित भएपछि न्यायाधीश भट्टराईलाई असार २७ गते सर्वोच्च अदालत तानिएको थियो । भट्टराईले त्यसअघि ८७३ पैmसला गरेका थिए । उनको अधिकांश पैmसला विवादित रहेको जनकपुरबार एशोसिएशनका अध्यक्ष किशोरी साहको भनाइ छ ।
आर्थिक वर्ष २०७८।०७९ को प्रगति विवरण सोमबार सार्वजनिक गर्दै धनुषा जिल्ला अदालतका मुख्य न्यायाधीश ब्रजेश प्याकुरेलले ५७४, धु्रव प्रसाद सापकोटाले ४००, कृष्णमुरारी शिवाकोटीले ५५१, डा.प्रकाश उप्रेतीले ६१७, डा. परशुराम भट्टराईले ८७४, तीर्थराज केसीले ६२६, भीष्मराज प्रसाईले ४६५, केशव प्रसाद घिमिरेले ५६० र धु्रवराज कार्कीले ४८० मुद्दा फर्छयौट गरेका छन् । आर्थिक वर्ष २०७७।०७८ को बाँकी ४८८४ र आव २०७८।०७९ को नयाँ दर्ता ५११० गरी ९९९४ मुद्दामध्ये धनुषा जिल्ला अदालतले गत आर्थिक वर्षमा ५ हजार एक सय ४७ मुद्दा फर्छयौट गरेको धनुषा जिल्ला अदालतले जनाएको छ ।
९ जना न्यायाधीशमा डा. भट्टराईले सबैभन्दा बढी मुद्दा फर्छयौट गरेका हुन् । आर्थिक वर्षको अन्त्यतिर उनले गरेको पैmसला विवादित भएको थियो । जसका कारण उनलाई तत्काल काजमा सर्वोच्च अदालत तानिएको थियो ।
व्यक्ति हत्याको आरोप लागेका एक आरोपितलाई सफाइ दिएपछि उनी विरुद्ध न्यायपरिषद्मा उजुरी परेको थियो ।
२०७६ कात्तिक ६ मा जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको गोली हानी हत्या भएको थियो । हत्याका आरोपित दामोदरप्रसाद चौधरी लगायतमाथिको आरोप पुष्टि नभएको भन्दै न्यायाधीश भट्टराईको इजलासले प्रमाण अपुग भएपछि आरोपितलाई सफाइ दिएको थियो ।
सफाइ लगत्तै उनको फैसलाको विरोध भएको थियो भने परिषद्मा समेत उजुरी परेको थियो ।
जनकपुरधाम उपमहानगरपालिका–१ का पेट्रोल पम्प सञ्चालक मनोज साहको हत्या अभियोग लागेका जनकपुरधाम–१४ मुजेलिय बस्ने पंकज भनिने दामोदर चौधरीलाई अदालतले सफाइ दिएको थियो ।
उनलाई प्रहरीले घटनालगतै छिमेकीको घरमा लुकेर बसेको अवस्थामा २ थान पेस्तोल र २२ राउन्ड गोलीसहित पक्राउ गरेको थियो । घटनास्थलबाट प्रहरीले अटोमेटिक पेस्तोल र ४ राउन्ड गोली तथा पंकजको झोलाबाट १ थान कटुवा पेस्तोल र त्यसको २ राउन्ड गोली तथा अटोमेटिक पेस्तोलको १५ राउन्ड गोली बरामद गरेको थियो ।
हत्या आरोपमा दामोदरलाई आजीवन कैद सजाय माग गरी पीडित परिवारले जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको थियो । पंकजलाई जिल्ला अदालत धनुषाले २०७६ मंसिर ४ गते पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान गरेको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech