राजविराज । कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले कृषि, शिक्षा, अनुसन्धान र प्रसारमा सरकारले बढी लगानी गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् ।
मन्त्री यादवको गृहजिल्ला सप्तरीमा मधेश प्रदेश सरकारले स्थापना गरेको मधेश कृषि विश्वविद्यालयको सोमबार निरीक्षण गर्दै कृषिसँगै शिक्षा र अनुसन्धानलाई समेत प्राथमिकतामा राखेर अघि बढनुको विकल्प नरहेको उनले बताए ।
जुन मुलुकसित मलिलो माटो, घाम, पानी, जैविक पदार्थ छ, त्यो मुलुक गरीब हुन नसक्ने उनको तर्क थियो । नेपाल अन्तराष्ट्रिय अनुसन्धान केन्द्र बन्न सक्ने सम्भावना उनले औंल्याए । नेपालको कृषि बालीका प्रजाती विभिन्न देशको प्रयोगशालामा संरक्षण गरिएको छ, उनले भने–तर हामी प्रवद्र्धन गर्न नसक्नु दुर्भाग्यपूर्ण हो ।
एक लाख ३ हजार हेक्टर क्षेत्रफलमा भएको चैते धानको एरियालाई ३ लाख हेक्टर पुर्याएर खाद्यान्न निर्यात गर्न सकिने मन्त्री यादवले दावी गरे । गत आर्थिक वर्षमा कृषि अनुसन्धानमा तीन अर्व खर्चिएको लगायतको विषयमा जानकारी गराउँदै सरकारले कृषि अनुसन्धानमा थप बजेट दिन विश्वविद्यालयका उपकुलपति डा. बैधनाथ महतोले मन्त्रीलाई आग्रह गरे ।
निरीक्षणको क्रममा मन्त्री यादवले विश्वविद्यालयको अवस्था तथा भावी रणनीति बारे जानकारी लिएका थिए । हामी कहाँ शिक्षा, अनुसंधान र प्रसार बीच तालमेल छैन् । जसकारण कृषिमा चाहेजस्तो प्रतिफल नदिएको अवस्था छ । विश्वविद्यालयको स्थायित्व र प्रगतिको लागि विश्वविद्यालयको जग्गा प्राप्ती, भवन निर्माण एवं स्नातक तहको कृषि संकायको अध्ययन अध्यापनमा सहजताबारे अन्य मन्त्रालय, दातृ निकाय, विकास साझेदारसँग पनि पहल गर्ने मन्त्री यादवको भनाई उदृत गर्दै विश्वविद्यालयका रजिष्टार डा.भगवान ठाकुरले बताए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech