मलगंवा । सर्लाहीको दक्षिणी भेगको सक्रौल गाउँका एक युवकमाथि सीमापारी भारतमा एसिड प्रहार भएको छ ।

कौडेना गाउँपालिका–७ सक्रौल निवासी ३५ वर्षीय ललेन्द्र यादवमाथि भारतको बिहार राज्यस्थित चिलरा गाउँमा अज्ञात व्यक्तिले एसिड छ्यापेका हुन् । मर्निङवाकमा निस्केका यादवलाई भारतीय गाउँ चिलरा पुग्दा एसिड प्रहार भएको परिवारका सदस्यले बताएका छन् ।

उनको छाती र तिघ्रामा एसिड परेको छ । घाइते युवकलाई उपचारका लागि काठमाण्डौं लगिएको छ । सो घटनामा कोही पनि पक्राउ परेका छैनन् ।

घटनाको सम्वन्धमा भारतीय प्रहरीसँग समन्वय गरी बुझ्ने काम गरिएपनि घटनास्थल सीमापारी भारतीय भूमिमा भएकाले त्यहीँको प्रहरीले अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । एसिड प्रहारबाट घाइते यादव जिल्ला मालपोत कार्यालय मलंगवा अगाडि लेखनदासको काम गर्दै आएका छन् ।

 

सम्बन्धित खवर