जनकपुरधाम । एशियाली विकास बैंक (एडीबी)ले लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि अध्ययन सार्वजनिक गरेको छ । लैंगिक समानता र समावेशीकरण गर्ने उद्देश्यले मंगलबार जनकपुरधाममा अध्ययन र निष्कर्ष सार्वजनिक गरेको हो ।
कृषि तथा प्राकृतिक स्रोत व्यवस्थापन, उर्जा, सिप विकास, सहरी विकास, यातायात तथा पानी, सरसफाई र स्वच्छता क्षेत्रमा अध्ययन गरिएको छ । एडीबीले अध्ययन गरी प्रकाशन गरेको पुस्तकमा प्राथमिक क्षेत्रमा लैंगिक समावेशीरकण र समानताको विश्लेषण गरिएको छ । अध्ययनले लैगिंक सशक्तिकरणको पक्ष पनि पहिचान गरेको छ ।
कार्यक्रममा लैगिंक समानता एवं समावेशीकरण विज्ञ छाया झाले नीति गत प्रतिवद्धता र यसको असल अभ्यासको विषयमा प्रस्तुत गरेकी थिइन् । उनले यसको फाइदा र चुनौतीको बारेमा समेत जिकिर गरिन् । एडीबीका वरिष्ठ योजना अधिकृत पुष्कर मानान्धरले उर्जा क्षेत्रमा जेसीको मूलप्रवाहीकरणको विषयमा धारणा राखेका थिए । एडीबी रणनीति २०३० ले गरिबी निवारण र लैगिंक समानतामा सहयोग गर्ने प्राथमिकता राखेका छन् । एडीबीको नेपाल राष्ट्रिय साझेदारी रणनीति (२०२०–२४) लैंगिक समानता र समावेशीकरणलाई उच्च प्राथमितामा राखेको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech