मलगंवा । सर्लाही प्रहरीले अवैध घरेलु मदिरा बरामद गरेर नष्ट गरेको छ ।
प्रहरीले हरिपुरबाट ३०४ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।
यात्रुबाहक बसमा नवलपुरबाट सदरमुकाम मलंगवातर्फ लाँदै गरिएको मदिरा इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले हरिपुर नगरपालिका–२, स्थित हरिपुर बजारबाट बरामद गरेको हो । मदिरा कस्को हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
बरामद मदिरा प्रदेशसभा सदस्य अशोक यादव, हरिपुरका जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, भद्रभलाद्मी, संचारकर्मीलगायतको उपस्थितिमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विजय कुँवरले जानकारी दिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech