जनकपुरधाम । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०७८।०७९ मा ४९.१५ प्रतिशत मुद्दा फर्छयौट गरेको छ । अदालतले गत आर्थिक वर्षमा २ हजार ३ सय २२ वटा मुद्दा फर्छयौट गरेको हो ।

उच्च अदालत जनकपुरले बुधबार जनकपुरधाममा आयोजना गरेको पत्रकार अन्तरक्रियामा नयाँ तथा पुरानो गरी ४ हजार ७ सय २४ थान मुद्दा दर्ता रहेकोमा उक्त संख्यामा फर्छयौट भएको उच्च अदालत जनकपुरका रजिस्टार खङ्गराज अधिकारीले जानकारी दिए ।

गत आर्थिक वर्षमा नयाँ तथा पुरानो गरेर उच्च अदालतबाट ४९.१५ प्रतिशत मुद्दाको फर्छर्यौट भएको छ । न्यायाधीशको सरुवा तथा अदालतमा कानून व्यवसायीको डेढ महिनासम्म चलेको आन्दोलनका कारणले लक्ष्य अनुसारको प्रगति नभएको उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश विनोद शर्माले जानकारी दिए ।

यसैगरी गत आर्थिक वर्षमा जिम्मेवारी सरेर आएको २ हजार ४ सय ६६ मुद्दामध्ये १ हजार ७ सय ४४ मुद्दाको फर्छर्यौट गर्ने काम भएको पनि उच्च अदालत जनकपुरधामले जनाएको छ । जिम्मेवारी सरेर आएको मुद्दाको फर्छर्यौट प्रतिशत ७०.४२ प्रतिशत रहेको छ ।

न्याय क्षेत्रमा भएको गुनासो सम्बोधन गर्न तथा पत्रकारहरूको धारणा बुझ्नका लागि नै अन्तरक्रिया गरेको बताउँदै मुख्यन्यायाधिश शर्माले अदालतको कार्यप्रति आफूहरू सन्तुष्ट रहेको बताए ।

जिल्ला अदालतको पनि अनुगमन गर्ने काम उच्च अदालतले गर्दै आएको बताउँदै बताउँदै मुख्य न्यायाधीश शर्माले पत्रकारहरूले पनि अदालतको समाचार लेख्दा तथ्यमा आधारित भएर लेखेको खण्डमा न्याय निरुपणमा असर नपर्ने बताए ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग