वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नेपाल–भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष अशोक बैद्यलाई पुनः सद्भावना दूत नियूक्त गरेको छ ।

मेयर राजेशमान सिंहले बैद्यलाई बुधबार वीरगञ्ज महानगरपालिकाको सद्भावना दूत नियूक्त गरेका हुन् ।

वरिष्ठ उद्योगपतिसमेत रहेका बैद्यलाई महानगरपालिकाको नगरसभाको पहिलो अधिवेशनको निर्णयबाट सद्भावना दूतमा नियूक्त गरिएको हो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका वैद्यले महानगर क्षेत्र भित्र आर्थिक, सामाजिक र पूर्वाधार विकासको क्षेत्रमा पूर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै महानगरको नगरसभाको ११ अधिवेशनले उनलाई पुनः सद्भावना दूत नियूक्त गरेको हो ।

सद्भावना दूतका रुपमा वैद्यले वीरगञ्ज महानगरपालिकाको वृहत्तर विकास, अन्तर्राष्ट्रिय सहयोग, सम्वन्ध विस्तार र लगानि अभिवृद्दि गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्ने महानगरले विश्वास लिएको छ ।

 

सम्बन्धित खवर