चुरे विनाशले प्रचण्ड गर्मी र लामो समयदेखि वर्षा भएको छैन् । चुरे विनाशकै कारण खपिनसक्नु गर्मी र वर्षायाममा पानी नपरेको हो । पानी नपर्दा गर्मी बढ्नु स्वभाविक हो । पानी नपर्दा तराई मधेशका खेतमा चिरा परेको छ । किसानलाई धान रोपाई गर्न समस्या भएको छ । तराई मधेशको अवस्था बिग्रिनुको मुख्य कारण मध्ये एक हो–चुरे विनास । चुरे विनास रोक्नुपर्ने काम भाषणमै सीमित हुँदा अहिले यस्तो अवस्था सिर्जना भएको हो । सरकारले बजेट छुट्टयाएपनि त्यो प्रभावकारी रुपले कार्यान्वयन हुन सकेको छैन् । जसले गर्दा चुरे विनासमा लागेका माफियाहरुको मनोबल बढेर गएको छ । यस्ता क्रियाकलाप विरुद्ध सरकारले प्रभावकारी कदप चाल्नुपर्ने थियो । तर, विडम्बना सरकारी पहल प्रभावकारी रुपले अघि बढेको छैन् । यस्तो अवस्थामा तराई मधेशको अवस्थाप्रति चिन्तित सरोकारबाला निकाय, अभियानी, अगुवाहरुको भूमिका बढेर गएको छ । चुरे, वन जंगल संरक्षण अभियान संचालन गरेका अभियानीहरुलाई चौतर्फी सहयोगको खाँचो छ । उनीहरुको यो अभियान सफल बनाउन हामी सबैको दायित्व हो । उनीहरुको अभियान व्यक्तिको लागि नभई सिंगो तराई मधेशको लागि रहेको छ । त्यसैले उनीहरुको मागप्रति सरकारलाई गंभिर बनाउन र पूरा गरिएको माग कार्यान्वयन गराउन सबै पक्ष गंभिरतापूर्वक लाग्नुपर्छ । सबै पक्षको सहयोग नहुँदा उनीहरुले विगतको माग पूरा गराउन पुनः रिले अनसन बस्नु परेको छ । चुरे जोगिए र वातावरणीय संरक्षण भएमा यसको फाइदा अभियानीलाई मात्रै हुँदैन् । यस क्षेत्रमा बसोबास गर्ने सबै तहतप्का र वर्गका नागरिकले गर्ने भएको हुनाले उनीहरुको यो अभियानमा स्वतःस्फुर्त रुपमा जोडिनुपर्ने बेला आएको छ ।
आपूmले नेतृत्व नलिने र अरुले लिदा स्वीकार नगर्ने । यस्तो नकारात्मक मांसिकताका कारण अभियानीहरुको मनोबल समेत खसेको छ । समाज र मानवीय विकासको लागि जोकोहीले राम्रो काम गरेको छ भने निस्वार्थ भावनाले सहयोग गर्नुपर्ने जरुरी छ । समाजमा आप्mनो भूमिका पनि सक्रियतापूर्वक निर्वाह गर्नु सबैको दायित्व हो । उनीहरुको मागलाई सबैले चासोको विषय बनाएर सरोकारबाला निकायलाई दबाब दिइ अगाडि बढनुपर्छ । चुरे संरक्षण गरेर मात्रै आगामी दिनमा विकराल अवस्था आउँदैन् । होइनभने असार महिनामा पानीको लागि तर्सेको किसान जस्तै बैशाख महिनामा खानेपानीको लागि तर्सिने अवस्था नआउला भन्न सकिन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech