जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ का ४५ वर्षीय रामनाथ दास आप्mनै काका हत्याको आरोपमा पक्राउ परेका छन् । आप्mनै काका ६० वर्षीय रामबहादुर दासलाई हत्या गरेको आरोपमा बिहीबार साँझ सहोडबाको चाँदनी चोकबाट पक्राउ परेका हुन् । ं
यसअघि २०५३ चैत ११ गते महोत्तरीको सहोडवा गाबिस–५ बस्ने राम बिलास दास तत्मालाई कुटपिट गरी हत्या गरेको कर्तब्य ज्यान मुद्दामा राम नाथ दास करिब ७ बर्ष कैद सजाय भुक्तान गरि गएको जेठ १५ गते रिहा भएका थिए ।
२०७९ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा केन्द्रिय कारागार त्रिपुरेश्वर काठमाण्डौंबाट रिहा भएर महोत्तरीस्थित घर फर्केका थिए ।
बिहीबार दिउँसो पिपरा गाउँपालिका–५ सहोडवा गाउँबाट एकहरिया जाने पिच सडक भन्दा पुर्ब पट्टी रहेको बाबु साहेब झाको आँपको बगैचामा आप्mनै काका ६० वर्षीय राम बहादुर दासलाई अनुहार टाउको मुनिको भागमा कोदालो प्रहार गरी हत्या गरेको थियो । स्थानीयका अनुसार रिसमा रामनाथ दासले बगैचामा सुतिरहेका आप्mनै काकामाथि कोदालो प्रहार गरेर हत्या गरेका थिए ।
आप्mनै काकाको हत्या गरेको खबर ईलाका प्रहरी कार्यालय सहोडवामा प्राप्त भएपछि खटिएको प्रहरीले घटनास्थल नजिक खेतमा खनेको कुलोमा रगतको छिटा लागेको कोदालो बरामद भएको थियो । सो कोदालो दिउँसोको समयमा राम नाथ दासले आफ्नै घरबाट बोकी खेत तर्फ आएको भनि कोदालो चिनी रामनाथ दासको श्रीमतीले सनाखत गरेकी छन् ।
राम नाथ दासले कोदालोले राम बहादुर दासको अनुहार र कन्चटमा कोदालोको धारिलो भागले यत्रतत्र प्रहार गरी अनुहारदेखि कन्चट सम्मको भाग निर्ममतापूर्वक काटेका थिए ।
घटनास्थलदेखि करिब १०४ फिट उत्तरपट्टी कुलोमा शव फालेर उनी नुहाई शरिर, कपडामा लगेको रंगत छिटाहरु धोई पखाली गरेका थिए । उक्त धोएको भिजेको लुगा (जघिया, गम्छा ) उनको घरबाट बरामद भएको प्रहरीले जनाएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech