मलंगवा । सर्लाहीमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा गाउँपालिका १ बस्ने बालदत भनिने राजेशकुमार यादव, उनका बुवा रामप्रताप यादव र भाइ राजु कुमार यादव छन् ।
यी तीनै जनाले मिलेर राजेशकी २० वर्षकी श्रीमती निशाको हत्या गरि घरदेखि ४ किलोमिटर पूर्व आफ्नै जग्गामा शव गाडेको पाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी विजय यादवले जानकारी दिए ।
गएको जेठ २२ गतेमा निशा हराएको भन्दै खोजिदिन उनका बुवा कैलाश राय र २४ गते उनका ससुरा रामप्रतापले प्रहरीमा निवेदन दिएका थिए ।
निवेदन आएपछि अनुसन्धान सुरु गरेको प्रहरीले निशाका श्रीमान, ससुरा र देबरसँग सोधपुछ गर्दा उनीहरूले हत्या गरि खेतमा गाडेको बयान दिएका डीएसपी यादवले बताए ।
उनीहरूको बयानका आधारमा ६ साउनमा खेत पुगेर उत्खनन गर्दा सडेको अवस्थामा शव, साडी, जुटको बोरा र पराल फेला परेको प्रहरीको भनाइ छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech